श्रृंगार गर्नु भनेको आफुलाई खुवाउने पहिलो चरण हो। हामी आफुलाई श्रृंगारले सजाउँछौं, र पैसा जम्मा गर्न डुल्छौँ। यो हाम्रो आम्दानीको मुख्य स्रोत हो ।
यस्ता पहिरनमा आफूलाई देख्दा मलाई निकै खुशी लाग्छ । मलाई मेरो बाँकी जीवन यशै प्रकारको लुगामा बितोस जस्तो लाग्छ।
हाम्रो समुदायका व्यक्तिले रिक्सा चलाउँदा मानिसहरु चढ्न हिचकिचाउँछन् ।
म एचआईभीको औषधि खाइरहेको छु। म BDS को अफिसमा आउँदा धेरै माया र हेरचाह पाउँछु।
एक व्यक्तिले हाम्रो समुदायका एक सदस्यसँग दुर्व्यवहार गरिरहेको छ, किनभने उनी हाम्रो समुदायका हुन् र लामो कपाल पालेका छन्।
बजार जाँदा लुगा च्यात्छन्, इज्जत गर्दैनन्, कहिलेकाहिँ बलात्कार गर्छन् ।
जागिर छैन । त्यसैले बाँच्नको लागि रिक्सा चलाउने रोजेँ ।
प्रदर्शनका लागि भारततर्फ लागे । सार्वजनिक गाडीले मलाई चढ्न नदिँदा पैदल हिड्दै थिएँ ।
हामी हाम्रो समुदायका सदस्यहरूले दशैंको अवसरमा नाच्यौं, झिझिया गयौं, रमाइलो गर्यौं र यो क्षण तपाईंहरूसँग साझा गर्न पाउँदा धेरै खुसी लाग्यो।
म यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको भएकोले मानिसहरू म बाट दूध किन्न हिचकिचाउँछन्। मैले यो काम सुरु गर्न खोज्दा यसले मलाई चुनौती दियो। जसरी पनि बाँच्न गाह्रो छ।
मेरो अनुहार खस्रो भएकोले मैले यो तस्विर खिचेँ । यि तस्विरहरु मैले आफै खिचेँ । कृपया मेरो अनुहार हेर्नुहोला। कहिले काहिँ सोच्छु, मेरो अनुहार कुरुप भयो भने मलाई कसले माया गर्छ? त्यसपछि म के गर्नु ? यस्ता विचार मेरो मनमा खेलिरहन्छन् । त्यसैले म यी रेकर्डिङहरू पठाउँदै छु।
म फेरि बिरामी भए । म फेरि औषधि खादैँछु । औषधी खाँदा ठीक हुन्छु तर केहि बेर पछि फेरी बिरामी हुन्छु । अहिले मसँग पैसाको पनि अभाव छ । के गर्ने भनेर म सोच्दै छु?
यदि म केटी भएको भएँ म पनि यो संस्कारमा सहभागी हुने थिएँ ।
म एचआईभी पोजिटिभ छु। म औषधि लिन्छु र औषधिको प्लास्टिक र कभर फोहोरमा लुकाउँछु। त्यसैले, यो फोहोरले मलाई मेरो लाज बचाउन मद्दत गरिरहेको छ।
हाम्रो समाजको कुनै कुनै भागमा हामीलाई स्वीकार गरिन्छ र हेरचाह पनि गरिन्छ।
मेरो हातमा यस्तो सीप भईदिएको भए बुढेसकालसम्म काम गर्ने थिए र परिवारका सदस्यहरूले मलाई घृणा वा भेदभाव गर्ने थिएनन ।
भारतमा नृत्य प्रदर्शन गर्न जाँदा रेलवे स्टेशनमा हामी यसरी भुइमा बस्नु पर्छ किनकि माथिल्लो तहमा हाम्रो लागि ठाउँ छैन।
म पनि यो बिरुवा जस्तै फल्न सक्थें होला यदि म रोगबाट संक्रमित नभएको भए।
सडकमा यात्रा गर्दा यो गाडी जहाँ पनि ठोक्किन सक्छ। मेरो जीवन पनि त्यस्तै हो । मेरो जीवन सामाजिक, आर्थिक, शारीरिक र भावनात्मक रूपमा धेरै कमजोर छ, त्यसैले कुनै पनि हताहत हुन सक्छ।
हामीले हाम्रो परिवारलाई जति माया र हेरचाह दिए पनि उनिहरुले हामीलाई सधैं दुर्व्यवहार गर्छन्।
मेरी बहिनीले मेरो लुगा छुन अस्वीकार गरिन्, किनभने म एचआईभी पोजिटिभ छु र औषधि खाइरहेको छु।
महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनहरू छन्। अरु केही छैन। अनि हाम्रो लागि? कुन लाइनमा गएर उभिनु?
हरेक आँखाले संसारको सुन्दरता देख्छ। तर किन यी आँखाहरूमा मप्रति घृणाको दृष्टिकोण छ?
हाम्रो समुदायका एक सदस्य जसलाई यो समाजले परित्याग गर्यो, उसको घरमा लामो समयदेखि ताला लागेको छ ।
भगवानका भक्तहरूले पनि हामीलाई भेदभाव र घृणा गर्छन्। आम जनतामा परिवर्तन कसरी आउला भन्ने सोच छ ।
यसरी काम गर्ने मेरी आमाको याद आउँछ र म हरेक समस्या, निराशा र पीडा बिर्सेर उहाँसँग कुरा गर्छु।
तिनीहरू धेरै राम्रो सँग एकता र सहकार्य बाँचिरहेका छन्। यसले हाम्रो समाजलाई झल्काउँछ । हामी पनि यसरी बाँच्न सक्यौं भने हामी साँच्चै खुशी जीवन बिताउन सक्छौं।
यी सबै बत्तीहरू हाम्रो जीवन जस्तै हुन्। तर हामीलाई हाम्रो प्रकाश फैलाउने ठाउँ दिइएको छैन।
पुरुष र महिलाका लागि शौचालयहरू छन्, तर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि छैन । के हाम्रो यहाँ अस्तित्व छैन?
हामी तेस्रो लिङ्गी भएकाले बधाइ लिन आइपुग्दा यी महिलाले हामीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् ।
यो देखेर मलाई मेरो बाल्यकालको याद आयो । त्यो समय मलाई कुनै पनि कुराको बारेमा असुरक्षा थिएन, न लिंग, न रोग।